त्रिवि एलुम्नाई एशोसिएशनको दोस्रो साधारण सभा सम्पन्न
Posted by: Nodnath Trital | Posted on: March 10, 2021
कीर्तिपुर, २१ पौष २०७७
त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारण सभा आज एक कार्यक्रमका बीच जुममार्फत भर्चुअल रुपमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई अन्तर्राष्टिय स्तरमा उत्कृष्ट विश्वविद्यालयको रुपमा परिचित गराउन एलुम्नाई एशोसिएशनसंगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारसंग अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयले सहकार्यको प्रस्ताव अगाडि सारेको जानकारी गराउनुहुँदै उहाँले एलुम्नाई एशोसिएशनमार्फत आगामी दिनमा अनुसन्धानको क्षेत्रमा कार्य गर्ने र एलुम्नाई एशोसिएशनलाई त्रिवि नेतृत्वको हैषियतले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।
यस्तैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै विश्वविद्यालयलाई एलुम्नाई एशोसिएशनको महत्व र भुमिकाका बारेमा पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले प्रकाशन पार्नुभएको थियो । पूर्व उपकुलपतिहरु प्रा.डा. नविनप्रकाशजंग शाह र प्रा.डा. कमलकृष्ण जोशीले पनि शुभकामना मन्तव्यमा एलुम्नाई एशोसिएशनमार्फत त्रिविले थुप्रै रचनात्मक कार्यहरु गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा मिडिया क्षेत्रबाट मदन लम्साल, नीजि क्षेत्रबाट गीता क्षेत्री, औद्योगिक क्षेत्रबाट प्रदिपकुमार श्रेष्ठ, प्राज्ञिक क्षेत्रबाट प्रा.डा. जगदिशप्रसाद अग्रवाल, पूर्व निजामति क्षेत्रबाट दिपेन्द्रपुरुष ढकाल र कृष्णहरी बास्कोटा लगायतले एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयप्रति भावनात्मक एकताको विकास गर्न सकिने, विश्वविद्यालयलाई अरु क्षेत्रले अनुशरण गर्न सक्ने उदाहरणीय प्राज्ञिक निकायको रुपमा विकास गर्न सकिने धारणा राख्नुभएको थियो । वक्ताहरुले विश्वविद्यालयको उन्नयनमा एलुम्नाईहरुको महत्वपूर्ण भुमिका रहन सक्ने र त्यसको लागि संस्थाले कार्ययोजनासहित आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।
साधारण सभाको दोस्रो सत्रमा एशोसिएशनका महासचिव प्रा.डा. ऋदिशकुमार पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा. कुश्मिला आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।साधारण सभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका आजीवन सदस्य नोदनाथ त्रितालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रा.डा. सुदर्शनराज तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यकारी सदस्य प्रा.डा. रामप्रसाद खतिवडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्रिवि कार्यकारी परिषद्को २०७४ मंसीर १२ गतेको बैठकको निर्णयबाट जारी त्रिवि एलुम्नाई एशोसिएशन नेपालको निर्देशिका २०७४ बमोजिम त्रिवि एलुम्नाई एशोसिएशन नेपाल क्रियाशिल रहेको छ । हाल यस संस्थामा दुई सय पचपन्न भन्दा बढि आजीवन सदस्यहरु आबद्ध रहनुभएको छ ।
AGM Notice
Posted by: bijay pradhan | Posted on: January 5, 2021त्रिवि एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारण सभा यहि २०७७ पौष २१ गते मंगलवार साँझ ५ः०० बजेदेखि जुममार्फत भर्चुअल रुपमा सम्पन्न हुन गइरहेको छ ।
जुममा जोडिनको लागि लिंक
https://bit.ly/3rVKIyj
जुममा जोडिनको लागि QR कोड
Webinar
Posted by: admin | Posted on: June 13, 2020On 13th June 2020, Webinar on “Online Education in Nepal: Challenges and Opportunities” has held. The resource person were Prof. Dr. Suvarna Shakya, Prof. Dr. Mahananda Chalise, Associate Prof. Dr. Ganga Ram Gautam. The program was moderated by Prof. Dr. Sudarsan Raj Tiwari, Vice President, TUAAN.